Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय

काठमाडौं । सरकारले संघीय संसद्को राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी माघ ४ गते बिहान ११ बजे संघीय संसद् सचिवालय सिंहदरबारमा राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको हो।  साथै,  बैठकले गोरखापत्र संस्थानको अध्यक्षमा भक्तपुरका गोविन्दप्रसाद भण्डारीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू :

  • अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड) को सदस्य राष्ट्रको हैसियतमा नेपालले बुझाउनुपर्ने सन् २०२४ को वार्षिक योगदानस्वरूप २ लाख ८३ हजार ५०३ अमेरिकी डलर प्रदान गर्न स्वीकृति।
  •  वित्तीय क्षेत्र विकास रणनीति २०८२–०८३ देखि २०८६–०८७ स्वीकृत।
  • सन् २०२५ मार्चको भूकम्पबाट क्षतिग्रस्त म्यानमारको महामुनीफैया बौद्ध पगोडाको अभिलेखालय र गंगाघाट मन्दिरको पुनर्निर्माणका लागि ३ लाख ५० हजार अमेरिकी डलर आर्थिक सहयोग उपलब्ध गराउने।
  •  मानव बेचबिखनविरुद्धको राष्ट्रिय नीति २०८२ स्वीकृत।
  • गोरखापत्र संस्थानको अध्यक्ष पदमा गोविन्दप्रसाद भण्डारी नियुक्त।
  • माघ ४ गते बिहान ११ बजे राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार