NL न्यूज
काठमाडौं । इरान र अमेरिकाबीच तनाव बढ्दै गएपछि नेपाल सरकारले इरान जाने योजना बनाएका नेपाली नागरिकलाई तत्काल यात्रा नगर्न आग्रह गरेको छ । परराष्ट्र मन्त्रालयले आज ‘ट्राभल एडभाइजरी’ जारी गर्दै यस्तो आग्रह गरेको हो ।
मन्त्रालयले जारी गरेको सूचनामा इरानको पछिल्लो सुरक्षा अवस्थालाई ध्यानमा राख्दै अवस्था सामान्य नहुँदासम्म इरान भ्रमण नगर्न सुझाव दिइएको छ । साथै, हाल इरानमा बसोबास गरिरहेका वा रोजगारीमा रहेका नेपाली नागरिकलाई सकेसम्म चाँडो देश छोड्न पनि आग्रह गरिएको छ ।
“इरानमा विकसित भइरहेको परिस्थितिलाई ध्यानमा राख्दै त्यहाँको अवस्था सामान्य नहुँदासम्म इरान भ्रमण गर्ने योजना स्थगित गर्न सल्लाह दिन्छौँ,” परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले इरानमा रहेका नेपालीलाई पासपोर्ट, यात्रा कागजात तथा परिचयपत्रजस्ता महत्वपूर्ण कागजातहरू सजिलै भेटिने सुरक्षित स्थानमा राख्न पनि आग्रह गरेको छ ।

सम्बन्धित समाचार
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन
धरानदेखि काठमाडौँ प्रवेश गर्यो हर्क साम्पाङ को श्रमदान (तस्बिरहरु)





प्रतिक्रिया दिनुहोस्