Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहसँगै चुनाव प्रचारमा खटिँदा अछाममा नै अकस्मात् बेहोस भएका पत्रकार दिनेश सिटौलाको निधन भएको छ ।

अछामबाट तत्काल अचेत अवस्थामा नै उद्धार गरी उनलाई थप उपचारका लागि काठमाडौंको ग्राण्डी अस्पताल ल्याइएको थियो । उनको उपचारमा संलग्न चिकित्सकका अनुसार आइतबार दिउँसो १२:४५ मा उनलाई मृत घोषित गरिएको हो । 'ब्रेन डेड भएको यकिन भएपछि उहाँको परिवारले लाइफ सपोर्टबाट निकाल्ने निर्णय लिनुभएको हो,' चिकित्सकले भने ।

ग्रान्डी अस्पतालका चिकित्सकका अनुसार दिनेशलाई ‘सबअरेनहाइड हेमोरेज (एसएएच)’ भएको हो । चिकित्सकका अनुसार सामान्य अवस्थामा होसको अवस्था १५ ‘ग्लास्गो कोमा स्केल (जीसीएस)’ हुनुपर्ने र न्यूनतम ३ ‘जीसीएस’ हुनुपर्ने हुन्छ। तर, दिनेशलाई अस्पताल आउँदा नै होसको अवस्था ‘जीसीएस ३’ रहेको थियो । 

अस्पतालले जारी गरेको विज्ञप्ती अनुसार दिनेश बेहोस भएको ठाउँबाट अछाम जिल्ला अस्पताल करिब १५ मिनेटको दुरीमा थियो। बेहोस भएपछि दिनेशलाई शुक्रबार बिहान करिब दश बजेतिर अछाम अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउँदा उनी बेहोस नै थिए। श्वासप्रश्वास र मुटुको चाल थिएन। करिब ४५ मिनेट सीपीआर लगायतको उपचार गरेपछि उनको मुटुको चाल भने फर्किएको थियो।

उनलाई कृत्रिम श्वास दिएर करिब एक घण्टा उपचार गरिएको थियो। मुटुको चाल फर्किएपछि कृत्रिम श्वास दिइराखेरै उनलाई सेनाको हेलिकप्टरमार्फत सुर्खेत ल्याएर सुर्खेतबाट हवाइजहाजमार्फत काठमाडौंमा ल्याएको र  करिब अढाई बजेतिर ग्राण्डी अस्पताल पुर्याएर आईसीयूमा भर्ना गरिएको थियो ।

Grandi-Press-Release-1769933813.jpeg
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार