NL न्यूज
चितवन — प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–३ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतमले अग्रता कायम राखेकी छन्।
हालसम्म गणना गरिएको मतअनुसार गौतमले ४ हजार ९ सय ४४ मत प्राप्त गरेकी छन्। उनलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की उम्मेदवार रेणु दाहालले पछ्याइरहेकी छन्। दाहालले हालसम्म २ हजार ९ सय ६० मत प्राप्त गरेकी छन्।
यस क्षेत्रमा नेकपा एमालेका उम्मेदवार शंकर थपलिया ८५२ मतसहित तेस्रो स्थानमा रहेका छन्। नेपाली कांग्रेसका उम्मेदवार टेकप्रसाद गुरुङले ५ सय ५६ मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक थापाले १ सय ४८ मत पाएका छन्।
मतगणना जारी रहेको छ र पछिल्लो परिणामअनुसार रास्वपाले सुरुआती चरणमै उल्लेखनीय अग्रता लिएको देखिएको छ।





प्रतिक्रिया दिनुहोस्