NL न्यूज
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालसमेत ९३ जना प्रतिवादी रहेको पतञ्जली जग्गा हिनामिना प्रकरणमा विशेष अदालतले साक्षी बुझ्ने आदेश दिएको छ।
आइतबार न्यायाधीश नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले साक्षी बुझ्ने आदेश दिएको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रधानमन्त्री माधव नेपालसहित ९३ जनाविरुद्ध जेठ २२ गते भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। नेपाल नेतृत्वको मन्त्रिपरिषद् बैठकले काभ्रेको साँगामा रहेको हदबन्दी छुटको जग्गा कानुनविपरीत खरिद–बिक्री गर्न अनुमति दिएको अख्तियारको आरोप छ।
२०६६ माघ १८ गते मन्त्रिपरिषद् बैठकले ८१५ रोपनी जग्गा हदबन्दी छुटमा खरिद गर्न पतञ्जलीलाई स्वीकृति दिएको थियो। त्यसैगरी २०६६ चैत ६ गते सोही जग्गा बिक्री गर्न पाउने निर्णय पनि मन्त्रिपरिषद्बाट भएको थियो।
सरकारको निर्णयपछि भ्रष्टाचार भएको आशंकामा अख्तियारले अनुसन्धान अघि बढाएको हो। अख्तियारले माधव नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो दाबी गरेको छ।
यसअघि प्रारम्भिक सुनुवाइपछि विशेष अदालतले असार ११ गते ३५ लाख रुपैयाँ धरौटीमा नेपाललाई रिहा गर्न आदेश दिएको थियो।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन
धरानदेखि काठमाडौँ प्रवेश गर्यो हर्क साम्पाङ को श्रमदान (तस्बिरहरु)





प्रतिक्रिया दिनुहोस्