हाम्रो बारे
NepalLead.com एउटा प्रगतिशील डिजिटल मिडिया प्लेटफर्म हो, जसको मुख्य लक्ष्य विश्वभर रहेका नेपाली दर्शक–पाठकलाई गहिरो, भरपर्दो र प्रभावशाली सामग्री प्रदान गर्नु हो। हामी सूचना मात्र होइन, समाजमा सोच र व्यवहार बदल्न प्रेरित गर्ने पत्रकारितामा विश्वास गर्छौं। हाम्रो सामग्रीले नेपाल र नेपाली समाजका वास्तविक मुद्दा, सम्भावना र चुनौतीहरूलाई सरल, स्पष्ट र जिम्मेवार ढंगले प्रस्तुत गर्छ।
हाम्रो प्रमुख प्लेटफर्म हाललाई युट्युब, फेसबुक लगायतका विभिन्न सामाजिक सञ्जाल भएपनि भविष्यमा हामीले आफ्नै मल्टिमिडिया प्लेटफर्म विकास गर्ने लक्ष्य राखेका छौं । जहाँ हामी नियमित रूपमा जानकारीमूलक बहस, अनुसन्धानात्मक रिपोर्ट, विशेष अन्तर्वार्ता, सामाजिक विषयवस्तुमा आधारित कार्यक्रम र मनोरञ्जनात्मक सामग्री प्रस्तुत गर्छौं। आजको डिजिटल युगमा मानिसहरू पढ्नेभन्दा हेर्ने र सुन्ने माध्यममा बढी केन्द्रित भइरहेका छन् भन्ने वास्तविकतालाई बुझेर, हामीले भिडियो पत्रकारितालाई प्राथमिकता दिएका छौं।
NepalLead.com वेबसाइटले यी भिडियो कार्यक्रमहरूको पूरक भूमिका निर्वाह गर्छ। यहाँ दर्शक तथा पाठकले पाठ्य समाचार, विश्लेषणात्मक लेख, कार्यक्रमका संक्षेप, तथ्य विवरण र सन्दर्भ सामग्री प्राप्त गर्न सक्छन्। यसले एउटै विषयलाई भिडियो र लेख दुवै माध्यमबाट बुझ्न सहयोग गर्छ।
हाम्रो मूल उद्देश्य सकारात्मक परिवर्तनलाई प्रवर्द्धन गर्नु, लुकेका समस्यामाथि प्रकाश पार्नु र नागरिक सहभागितालाई बलियो बनाउनु हो। हामी आशावादी पत्रकारिता, उत्तरदायित्वपूर्ण रिपोर्टिङ र तथ्यमा आधारित बहसको अभ्यास गर्छौं, जसले लोकतन्त्र, सुशासन र सामाजिक न्यायलाई मजबुत बनाउने विश्वास राख्छौं।
उदीयमान डिजिटल प्रविधि र दर्शकको बदलिँदो बानीलाई ध्यानमा राखेर, हामीले हाम्रा सामग्रीहरू मोबाइल, ट्याबलेट र वेबमैत्री बनाएका छौं। NepalLead.com केवल एउटा मिडिया प्लेटफर्म होइन, यो जिम्मेवार पत्रकारिता र सचेत नागरिकताको अभियान हो ।