NL न्यूज
काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेल उदयपुर सिमेन्ट उद्योग लिमिटेडका महाप्रबन्धक हुँदा भ्रष्टाचार गरेको अभियोगमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
पौडेलसहित आठ जनाविरुद्ध मुद्दा दायर गरिएको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए। अख्तियारले पौडेलविरुद्ध १२ करोड ४७ लाख २२ हजार २४२ रुपैयाँ ११ पैसा बिगो मागदाबी गर्दै बिगोबमोजिम जरिवाना, कैद सजायको माग गरेको छ।
पौडेललाई २० भदौ २०८२ मा तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले चार वर्षका लागि नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा नियुक्त गरेका थिए।
उक्त मुद्दामा उदयपुर सिमेन्ट उद्योगका तत्कालीन निमित्त महाप्रबन्धक नवलकिशोर साह, तत्कालीन नायब महाप्रबन्धक महेशप्रसाद काफ्ले, उत्पादन महाशाखा प्रमुख सञ्जयकुमार लाल, भण्डार महाशाखा प्रमुख महेशप्रसाद काफ्ले, उत्पादन विभाग प्रमुख रविचन्द्र पौडेल, सिमेन्ट उत्पादन महाशाखाका हरिप्रसाद अधिकारी र बिक्री विभाग प्रमुख रामबहादुर बीसीविरुद्ध पनि अभियोग दायर गरिएको छ।
अख्तियारका अनुसार प्रतिवादीहरूले सरकारी सम्पत्ति हिनामिना गरी सरकारलाई ठूलो आर्थिक क्षति पुर्याएका छन्। सबै प्रतिवादीविरुद्ध फरक–फरक बिगो रकम कायम गरी आरोपपत्र दायर गरिएको प्रवक्ता लामिछानेले बताए।

प्रकाशित मिति:
आइतबार, माघ १८, २०८२
१५:२८
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
आइतबार, माघ १८, २०८२
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
आइतबार, माघ १८, २०८२
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
आइतबार, माघ १८, २०८२
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन
आइतबार, माघ १८, २०८२
धरानदेखि काठमाडौँ प्रवेश गर्यो हर्क साम्पाङ को श्रमदान (तस्बिरहरु)
आइतबार, माघ १८, २०८२
३ लाख रुपैयाँमा झर्यो सुनको भाउ,तोलामा १८ हजार ८०० रुपैयाँ घट्यो
आइतबार, माघ १८, २०८२
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२

प्रतिक्रिया दिनुहोस्