Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

बैतडीमा जीप दुर्घटना, तीन जनाको मृत्यु

बैतडी । बैतडीको पाटन नगरपालिका–८ साँडीघाँटीमा सोमबार बिहान जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

मोतिनगरबाट डडेलधुरातर्फ जाँदै गरेको म१ज २२४ नम्बरको बोलेरो जीप सडकबाट करिब ३०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा तीनै जनाको घटनास्थलमै मृत्यु भएको भए पनि उनीहरूको पहिचान खुल्न सकेको छैन। मृतक तीन जना पुरुष हुन् ।

जीपमा कति जना सवार थिए भन्ने पनि यकिन हुन सकेको छैन। घाइतेलाई उपचारका लागि डडेलधुरा अस्पताल पठाइएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार