Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड

सुन तोलाको २ लाख ७४ हजार ७ सय, चाँदी पाँच हजार १ सय ९५ रुपैयाँ

काठमाडौं ।  नेपाली बजारमा  सोमबार सुन र चाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। लगातार बढिरहेको सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार सुन प्रतितोला दुई लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। यसअनुसार सुनको मूल्य एकैदिन तोलामा ४ हजार १ सय रुपैयाँले बढेको हो।

चाँदीको मूल्यले पनि रेकर्ड कायम गरेको छ। आइतबार प्रतितोला चार हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पाँच हजार १ सय ९५ रुपैयाँ पुगेको छ, जसअनुसार एकैदिन २ सय ५ रुपैयाँको वृद्धि भएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार