Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

ट्रम्पले आफैंलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घोषणा गरे

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् । उनले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’मार्फत यस्तो दाबी गर्दै एक तस्बिर सार्वजनिक गरेपछि अन्तर्राष्ट्रिय रूपमा चर्चा चुलिएको छ।

ट्रम्पले सेयर गरेको पोस्टमा आफूलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ भनेर उल्लेख गरिएको डिजिटल रूपमा सम्पादित तस्बिर समावेश छ। 

अमेरिकाले जनवरी ३ मा भेनेजुएला विरुद्ध कारबाही गर्दै देशका राष्ट्रपति निकोलस मदुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई ‘नियन्त्रण’मा लिएर अमेरिका पुर्‍याएको थियो । अहिले मादुरोविरुद्ध हतियार र लागुऔषध तस्करीको आरोपमा अमेरिकामा मुद्दा चलाइँदै छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार