Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

कांग्रेस विशेष महाधिवेशन: यस्तो छ बन्दसत्रको कार्यसूची

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत आज भृकुटीमण्डपमा बन्दसत्र हुँदैछ। आइतबार उद्घाटन सत्र सम्पन्न भएको महाधिवेशनमा आज बन्दसत्रको कार्यतालिका तय गरिएको हो।

महाधिवेशन प्रचार–प्रसार समिति संयोजक सुवास पोखरेलका अनुसार बन्दसत्रको सुरुवात विशेष महाधिवेशनको कार्यविधि निर्माणबाट हुनेछ। त्यसपछि नौ वटा समूह बनाएर विधान संशोधन, नीति तथा नेतृत्व, शासकीय सुधार र समसामयिक विषय गरी चार विषयमा नीतिगत छलफल गरिनेछ।

नीति मन्थनपछि नेतृत्व परिवर्तन गर्ने वा नगर्ने विषयमा छलफल हुनेछ। नेतृत्व परिवर्तनको पक्षमा निर्णय भएमा निर्वाचन समिति गठन गरी प्रक्रिया अघि बढाइने पोखरेलले जानकारी दिए। उनका अनुसार नयाँ कार्यसमिति निर्विरोध हुने सम्भावना रहेकाले मतदान आवश्यक नपर्न सक्नेछ।

यसैबीच महाधिवेशन प्रतिनिधिको नाम दर्ता आज बिहान ११ बजेसम्म जारी रहने छ। क्षेत्र तथा जिल्ला समन्वय समिति संयोजक युवराज पाण्डेयका अनुसार अधिकांश प्रतिनिधि आज बिहान मात्रै काठमाडौं आइपुगेकाले दर्ता समय थप गरिएको हो।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार