Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

कांग्रेस विशेष महाधिवेशन

सभापति भृकुटीमण्डप जाने कुनै कार्यक्रम छैन : देउवा सचिवालय

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा  जारी विशेष महाधिवेशनमा उपस्थित हुने भन्ने सूचना भ्रमपूर्ण रहेको भन्दै उनको सचिवालयले खण्डन गरेको छ।

सभापति देउवाका स्वकीय सचिव भानु देउवाले आइतबार बिहान जारी गरेको सूचनामा सामाजिक सञ्जालमार्फत देउवा भृकुटीमण्डप जाने भन्दै फैलाइएको जानकारी गलत रहेको स्पष्ट पारेका छन्। सूचनामा विशेष महाधिवेशनमा सभापति देउवाको सहभागी हुने कुनै कार्यक्रम नरहेको उल्लेख गरिएको छ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरे पनि त्यसप्रति असहमति जनाउँदै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि विशेष महाधिवेशन सुरु भएको हो।

आज विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु गर्ने तयारी भइरहेको छ। 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार