Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

इरानमा सरकारविरोधी प्रदर्शनः हालसम्म ५४३ जनाको मृत्यु

अमेरिकाले आक्रमण गरे जवाफी कारबाही गर्ने इरानको चेतावनी

इरानमा दुई सातादेखि जारी सरकारविरोधी प्रदर्शनमा करिब ५०० जनाको मृत्यु भएको दाबी गरिएको छ।

अमेरिकास्थित मानवअधिकार संस्था एचआरएनएका अनुसार हालसम्म ४९५ जना प्रदर्शनकारी र ४८ जना सुरक्षाकर्मीको मृत्यु भइसकेको छ भने करिब १० हजार ६ सयभन्दा बढी व्यक्ति पक्राउ परेका छन् ।

इरान सरकारले भने मृत्युको आधिकारिक संख्या सार्वजनिक नगरेको र मानवअधिकारवादी समूहको दाबीमा सत्यता नभएको जनाएको छ । सुरुमा मुद्राको अवमूल्यन र महँगीविरुद्ध सुरु भएको प्रदर्शन अहिले सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको पदच्युतिको मागमा परिणत भएको छ।

प्रदर्शन चर्किँदै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीको पक्षमा उभिने र उनीहरूमाथि गोली चले अमेरिकाले हस्तक्षेप गर्न सक्ने चेतावनी दिएका थिए।

इरानले यसलाई आफ्नो आन्तरिक मामिला भन्दै अमेरिकी हस्तक्षेप अस्वीकार गरेको छ । सर्वोच्च नेता खामेनीले हिंसात्मक प्रदर्शनकारीलाई आतंककारीको संज्ञा दिँदै कडा कदम चाल्ने चेतावनी दिएका छन् । स्थिति बिग्रँदै गएपछि देशभर इन्टरनेट सेवा अवरुद्ध गरिएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार