NL न्यूज
ललितपुर । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) को पहलमा स्वदेशमै विकसित ‘मुनाल’ नामक उपग्रहको प्रक्षेपणको सबै तयारी पूरा भएको छ। उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको यो उपग्रह आज बिहान नेपाली समयअनुसार १० बजेर ३२ मिनेटमा प्रक्षेपण हुँदैछ।
नास्टका सचिव डा. रविन्द्रप्रसाद ढकालका अनुसार ‘मुनाल’ उपग्रह भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (आइएसआरओ) को एसएलभी–सिक्स टू रकेटमार्फत भारतको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट ‘राइडसेयर पेलोड’का रूपमा प्रक्षेपण गरिनेछ।
करिब दुई वर्ष लगाएर तयार गरिएको उपग्रहले वनस्पति तथा वातावरणीय अनुगमन, स्वदेशी प्रविधिको परीक्षण र एआईमा आधारित डाटा प्रशोधन गर्नेछ। उपग्रहको सञ्चालन र निगरानी ललितपुरको खुमलटारस्थित ग्राउन्ड स्टेसनबाट गरिने नास्टले जनाएको छ।
विज्ञहरूका अनुसार ‘मुनाल’ उपग्रहको सफल प्रक्षेपणले नेपाललाई अन्तरिक्ष प्रविधि प्रयोग गर्ने राष्ट्रहरूको सूचीमा थप मजबुत रूपमा स्थापित गर्ने विश्वास गरिएको छ।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्