NL न्यूज
काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फका उम्मेदवारले आज अपराह्न ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सक्नेछन्।
निर्वाचन आयोगले जारी गरेको सूचनाअ नुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा राजनीतिक दलहरूले पुस १३ र १४ गते पेश गरेका बन्दसूचीमा समावेश उम्मेदवारले आयोगबाट स्वीकृत कार्यक्रम बमोजिम उम्मेदवारी फिर्ता लिन पाउने व्यवस्था गरिएको हो।
निर्वाचन आयोगले यसबारे सम्बन्धित सबै उम्मेदवारलाई जानकारी गराइसकेको निर्वाचन अधिकृत कृष्णबहादुर राउतले बताए। समानुपातिक निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ।
बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारले प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को अनुसूची–१८ बमोजिमको ढाँचामा निवेदन दिएर उम्मेदवारी फिर्ता लिन सक्नेछन्। कुनै कारणले उम्मेदवार स्वयं उपस्थित हुन नसकेमा वारेसमार्फत पनि निवेदन दिन सकिने आयोगले जनाएको छ।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्