NL न्यूज
काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र सोमबार बिहान १० बजेदेखि सुरु हुने भएको छ।
यसअघि बिहान ८ बजेदेखि बन्दसत्र गर्ने तयारी भए पनि महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया बाँकी रहनुका साथै खाजाको समय छुट्याइएकाले बन्दसत्र दुई घन्टा ढिला गरी सुरु गर्न लागिएको हो।
व्यवस्थापन उपसमिति अन्तर्गत प्रचार–प्रसार संयोजक सुवास पोखरेलका अनुसार सोमबार बिहान ८ बजेदेखि प्रतिनिधिहरूको नाम दर्ता तथा खाजाको व्यवस्था हुनेछ भने १० बजेदेखि बन्दसत्र सुरु गरिनेछ।
अहिलेसम्म २ हजार ६ सय ६२ जना महाधिवेशन प्रतिनिधिले नाम दर्ता गराइसकेका छन्। प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया आइतबार बिहान सवा ८ बजेदेखि सुरु भएको थियो।
दर्ता प्रक्रियालाई सहज बनाउन सातै प्रदेशका लागि छुट्टाछुट्टै डेस्कको व्यवस्था गरिएको छ।
उद्घाटन सत्र सम्पन्न भएसँगै प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया बन्द गरिएको थियो। सोमबार बिहान ८ बजेदेखि पुनः दर्ता प्रक्रियाले निरन्तरता पाउने आयोजकहरूले बताएका छन्।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्