NL न्यूज
काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया अगाडि बढे पनि मतदान भने राति ८ बजेअघि सुरु हुन नसक्ने भएको छ। विद्युतीय मतदान उपकरणका सेवा प्रदायक रामलक्ष्मणका रामले नामावली सेट गर्न समय लाग्ने भएकाले ढिलाइ भएको बताएका छन्।
उपकरण व्यवस्थापक रामप्रसाद रिमालका अनुसार दिउँसो ३ बजे उम्मेदवारको संशोधित तथा अन्तिम नामावली प्राप्त भएको थियो महाधिवेशनका २२ सय ६३ प्रतिनिधिमध्ये एक पटकमा ८० जनाले मतदान गर्ने व्यवस्था मिलाइएको छ।
सबै प्रतिनिधिले मतदान गर्न २९–३० चरण लाग्ने अनुमान छ। एक जनालाई मतदान गर्न ३० देखि ३५ मिनेट समय लाग्ने भएकाले कुल प्रक्रिया १६–१७ घण्टा लाग्न सक्ने रिमालले बताए।
यदि मतदान राति ८ बजे सुरु भएमा नतिजा भोलि दिउँसो १२ देखि १ बजेसम्म आउने अनुमान गरिएको छ।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्