Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

जेनजी आन्दोलनपछि पहिलोपटक भारतले पठायो उच्चअधिकारी

भारतीय अतिरिक्त सचिवले दलका नेतासँग किन भेट्ने छैनन् ?

काठमाडौं । मुख्य राजनीतिक दल सत्ताच्यूत भएपछि पहिलो पटक भारतले आफ्ना उच्चअधिकारी नेपाल भ्रमणमा पठाएको छ । नेपाल र भुटान मामिला हेर्ने ‘नर्थ डिभिजन’ हेर्ने अतिरिक्त सचिव मुनु महावर जेनजी आन्दोलनको तीन महिनापछि दिल्लीको सन्देश लिएर नेपाल आएका छन् ।

उनले यहाँ रहँदा परराष्ट्रमन्त्रालयसमेत सम्हालेकी प्रधानमन्त्री सुशीला कार्की
, अर्थमन्त्री रामेश्वर खनाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्रसचिव अमृत राईसहित विभिन्न अधिकारी भेट्नेछन् । तर, राजनीतिक दलका नेतासँग उनको भेटघाट हुनेछैन ।

दलका नेता भेटेर विवादमा आउन नचाहेको भारतीय पक्षले बताएको छ । पुराना दलका नेताविरुद्ध नै सडकमा उत्रिएका जेनजीलाई नविच्काउने रणनीति भारतले लिएको छ । अतिरिक्त सचिव महावरले सोमबार लुम्बिनी जानेछन्
, त्यहाँ भारतले बनाएको बौद्धस्तुपाको अवकोलकन गर्नेछन् भने भैरहवा सीमा क्षेत्रमा रहेको नेपाल–भारतको एकीकृत चेक पोष्ट पनि पुग्नेछन् । आन्दोलनपछि भारतको यो पहिलो उच्च भ्रमण हो ।


भिडियोमा हेर्नुहोस् ।
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार