Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

पृथ्वीनारायण शाहको दूरदर्शी नेतृत्वले नेपालको स्वतन्त्र र सार्वभौम अस्तित्व सुरक्षित : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका दिव्य उपदेश राष्ट्रिय, आत्मनिर्भर तथा स्वावलम्बी अर्थतन्त्र निर्माण र सन्तुलित परराष्ट्र नीतिका सन्दर्भमा आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएकी छन् ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश दिँदै भण्डारीले कलह, झगडा र अस्थिरताले थलिएका स–साना राज्यलाई एकीकृत गरी आधुनिक नेपाल राष्ट्रको निर्माण हुनु इतिहासको गौरवपूर्ण अध्याय भएको उल्लेख गरेकी छन् ।

 पूर्वराष्ट्रपति भण्डारीले नागरिकहरूको सल्लाह र सुझावलाई समेत समेटेर एकीकरण प्रक्रियालाई जनआधारित राष्ट्रिय अभियान बनाउनु पृथ्वीनारायण शाहको दूरदर्शी नेतृत्वको परिचायक भएको बताएकी छन् ।

 उनका अनुसार हाम्रा वीर पुर्खाको त्याग, तपस्या र बलिदानका कारण नै नेपालको स्वतन्त्र र सार्वभौम अस्तित्व सुरक्षित रहन सकेको ऐतिहासिक सत्यलाई आत्मसात गर्न आवश्यक छ ।
 

Bidhya-Bhandari-Status-1768102469.jpg
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार