NL न्यूज
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पहलमा आयोजित विशेष महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुने तय भएको छ ।
भृकुटीमण्डपको खुला चौरमा करिब ५० जना अतिथि अटाउने गरी मञ्च निर्माण गरिएको छ भने महाधिवेशनस्थलमा छ हजारभन्दा बढी कुर्सीको व्यवस्था गरिएको छ ।
आज काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट आउने र्यालीलाई व्यवस्थित रूपमा कार्यक्रममा सहभागी गराउने तयारी गरिएको छ । विशेष महाधिवेशनको सभापतित्व कांग्रेस काठमाडौँका सभापति कृष्ण सबुज बानियाँले गर्नेछन् । आयोजकका अनुसार यस महाधिवेशनमा अन्य राजनीतिक दलका नेताहरूलाई आमन्त्रण गरिएको छैन ।
मुलुकभरबाट आउने अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौँ आइसकेका छन् भने केही आउने क्रम जारी छ । आवास तथा खाना व्यवस्थापन समितिका संयोजक रमेश धमलाका अनुसार काठमाडौँका विभिन्न स्थानमा तीन हजार ६ सय प्रतिनिधिका लागि आवासको व्यवस्था गरिएको छ । आवश्यक परे थप प्रतिनिधिका लागि पनि तत्काल व्यवस्थापन गर्न सकिने व्यवस्था गरिएको उनले बताए ।
उद्घाटनपछि बन्दसत्र भृकुटीमण्डपकै सभाहलमा सञ्चालन हुनेछ । बन्दसत्रमा पार्टी नेतृत्व परिवर्तनको विषय प्रमुख रूपमा उठ्ने सम्भावना देखिएको छ । देशभरबाट आएका बहुसंख्यक प्रतिनिधिले नेतृत्व परिवर्तनको मुद्दा उठाए पनि तत्काल नेतृत्व परिवर्तनले पार्टी विभाजनको जोखिम बढ्ने भन्दै महामन्त्रीद्वय संकल्प प्रस्तावमार्फत महाधिवेशन टुंग्याउने रणनीतिमा देखिएका छन् । विशेष महाधिवेशन संस्थापन पक्षका लागि दबाबको विषय बन्ने संकेत देखिएको छ ।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्