Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

पाँच महिनामै ८ खर्ब ७० अर्ब विप्रेषण आप्रवाह

काठमाडौं । 

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालमा ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३५.६ प्रतिशतले बढी हो ।

राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार २०८२ मङ्सिर महिनामा मात्रै १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । अघिल्लो वर्षको मङ्सिरमा यस्तो रकम १ खर्ब १८ अर्ब ७९ करोड रुपैयाँ थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९ प्रतिशतले बढेर ६ अर्ब १६ करोड पुगेको छ । यससँगै खुद द्वितीय आय (ट्रान्सफर) ९ खर्ब ५४ अर्ब ७८ करोड पुगेको छ ।

पाँच महिनामा चालु खाता ३ खर्ब ५८ अर्ब ८३ करोडले बचतमा रहेको छ भने शोधनान्तर स्थिति ४ खर्ब २१ अर्ब ८९ करोडले बचतमा पुगेको छ ।

यस्तै, २०८२ मङ्सिर मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब १ अर्ब ४७ करोड पुगेको छ, जुन अघिल्लो असारको तुलनामा १९.६ प्रतिशतले बढी हो ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार