Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

जाजरकोटमा जिप दुर्घटना: २ जनाको मृत्यु, ४ घाइते

वीरेन्द्रनगर।  जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार बिहान करिब ११ बजे छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सडक खण्डमा जिप दुर्घटना भएको हो ।

छेडागाड–९ पजारुबाट थलहका लागि छुटेको कर्णाली प्रदेश ०२–००१ च १३२७ नम्बरको जिप ब्रेक फेल भई करिब १५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

दुर्घटनामा छेडागाड–९ पजारुका ७० वर्षीया नन्दकला अधिकारी र २८ वर्षीय राजु अधिकारीको घटनास्थलमै मृत्यु भएको छ । जिपमा सवार अन्य चार जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि नगर अस्पताल पठाइएको छ ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार