Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

दुर्गा प्रसाईंविरुद्धको बैंकिङ कसुर मुद्दाको सुनुवाइ स्थगित

काठमाडौं । उच्च अदालत पाटनमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्धको बैंकिङ कसुर मुद्दाको सुनुवाइ स्थगित भएको छ। प्रसाईंका कानुन व्यवसायीको निवेदनपछि सुनुवाइ स्थगित भएको हो।

दुर्गा प्रसाईंसहित चार जनाविरुद्ध दायर मुद्दा न्यायाधीशद्वय खड्कबहादुर केसी र कृपासुर कार्कीको इजलासमा पेशी तोकिएको थियो। यसअघि अदालतले प्रसाईंलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गरेको थियो।

प्रसाईंमाथि राउन्ड ट्रिपिङलगायत शङ्कास्पद बैंकिङ कारोबार गरेको आरोप छ। सरकारी वकिलले १८ करोड ४४ लाख रुपैयाँ बिगोसहित जरिवाना र कैद सजाय माग गरेका छन्।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार