Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

दुर्गा प्रसाईँविरुद्धको बैंकिङ कसुर मुद्दा उच्च अदालत पाटनमा सुनुवाइ हुँदै

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँविरुद्धको बैंकिङ कसुरसम्बन्धी मुद्दा उच्च अदालत पाटनमा सुनुवाइ हुँदैछ।

प्रसाईँसहित उमा, नीराजन र आर्जु प्रसाईँलाई विपक्षी बनाइएको मुद्दा न्यायाधीशद्वय खड्कबहादुर केसी र कृपासुर कार्कीको इजलासमा पेश हुँदैछ।

नेपाल राष्ट्र बैंकको पत्राचारपछि सीआईबीले अनुसन्धान गरी प्रतिवेदन बुझाएपछि सरकारी वकिलले प्रसाईँविरुद्ध १८ करोड ४४ लाख रुपैयाँ बिगो माग गर्दै कैद, जरिवाना र पीडित राहत कोषमा क्षतिपूर्ति भराउन माग गरेको थियो।

यसअघि अदालतले प्रसाईँलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो। प्रसाईँमाथि राउन्ड ट्रिपिङ, स्वार्थ बाझिने कारोबार र शंकास्पद बैंकिङ कारोबार गरेको आरोप छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार