Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

कांग्रेस कार्यवाहक सभापति खड्काको पत्रकार सम्मेलन स्थगित

काठमाडौं ।  नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको छ।

शुक्रबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जानकारी दिएका छन्।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आइतबारदेखि दुई दिन काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन बोलाएका छन्। उक्त विशेष महाधिवेशन विधानविपरीत भएको ठहर गर्दै पार्टी केन्द्रीय कार्यालयले कार्यसम्पादन समितिबाट निर्णय गराएर महाधिवेशन प्रतिनिधिहरूलाई सहभागी नहुन आग्रह गरेको छ।

यही विषयमा धारणा सार्वजनिक गर्न आयोजना गर्न लागिएको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित गरिएको जनाइएको छ।

Congress-Press-Release-1767939536.jpg
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार