Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

वर्तमान सरकारका मन्त्रीलाई दलतिर ढल्कने छुट छैन : गृहमन्त्री अर्याल

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा रहेका मन्त्रीहरूलाई कुनै पनि दलप्रति ढल्कने छुट नभएको बताएका छन्।

शुक्रबार ललितपुरमा आयोजित बागमती प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा उनले जेनजी आन्दोलनपछि बनेको सरकारको म्यान्डेट तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नु र सुशासन कायम गर्नु रहेको बताए। सरकार निर्वाचनमा होमिइसकेको उल्लेख गर्दै तोकिएकै मितिमा निर्वाचन हुनेमा शङ्का नगर्न उनले आग्रह गरे।

तोकिएको मितिमा निर्वाचन नभए देश सङ्कटमा पर्न सक्ने चेतावनी दिँदै गृहमन्त्री अर्यालले सरकारको कामप्रति विश्वास र मनोबल बढाउन सबै पक्षलाई आह्वान गरे।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायलाई साधन–स्रोत सम्पन्न बनाउनुपर्नेमा जोड दिए।

उनले कृत्रिम बौद्धिकता र इन्टरनेटमार्फत फैलिन सक्ने भ्रामक सूचनाप्रति सचेत रहन पनि आग्रह गरे।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार