Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

एमाले केन्द्रीय कमिटी बैठक शनिबार,स्थायी कमिटी र पोलिटब्युरो गठन गर्ने

काठमाडौँ – नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। बैठक शनिबार (पुस २६) बिहान ११ बजे ललितपुरको एकान्तकुनास्थित मेजेस्टिक ग्रान्ड पार्टी प्यालेसमा बस्नेछ।

केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार बैठकमा सहभागी केन्द्रीय सदस्यहरूलाई नागरिकताको फोटोकपीसहित उपस्थित हुन निर्देशन दिइएको छ।

बैठकले फागुन २१ गते हुने निर्वाचनको तयारी, केन्द्रीय कमिटी सदस्य मनोनयन तथा पोलिटब्युरो र स्थायी कमिटी गठनलगायतका विषयमा निर्णय गर्ने बताइएको छ । 

एघारौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको यो दोस्रो बैठक हो। पहिलो बैठक पुस ४ गते बसेको थियो।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार