Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

काठमाडौँको न्यूनतम तापक्रम २.४ डिग्रीमा झर्‍यो

काठमाडौं ।  आज  काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसभन्दा तल झरेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान काठमाडौँको न्यूनतम तापक्रम २.४ डिग्री सेल्सियस मापन गरिएको हो।

मंगलबारदेखि बिहीबारसम्म ३ डिग्री सेल्सियस रहेको न्यूनतम तापक्रम आज थप घटेको हो।

आज देशभर सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ७.७ डिग्री सेल्सियस र सबैभन्दा बढी धनगढीमा ६.८ डिग्री सेल्सियस रहेको महाशाखाले जनाएको छ।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार