Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

मन्त्री बब्लु गुप्तालाई कुनै कार्यक्रममा बोलाइएको छैन : एनआरएनए अमेरिका

पुस २१ गतेको मन्त्रिपरिषद् बैठकले गरेको थियो मन्त्री गुप्ताको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) अमेरिकाले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई अमेरिकामा कुनै पनि कार्यक्रममा आमन्त्रण नगरेको स्पष्ट पारेको छ।

मन्त्री गुप्ता अमेरिका भ्रमणमा जान लागेको खबर सार्वजनिक भएपछि परिषद्का प्रवक्ता सन्देश उप्रेतीले विज्ञप्ति जारी गर्दै अमेरिकामा युवासम्बन्धी कुनै कार्यक्रम आयोजना नगरिएको र मन्त्रीलाई नबोलाइएको जनाएका हुन्।

विज्ञप्तिमा परिषद्को आधिकारिक स्वीकृति बिना गरिएका कुनै पनि कार्यक्रम, भ्रमण वा फन्डराइजिङ अवैध हुने उल्लेख गरिएको छ। साथै परिषद्को नाम र पहिचान दुरुपयोग गर्ने व्यक्ति वा समूहविरुद्ध कानुनी कारबाही अघि बढाइने चेतावनी दिइएको छ।

यस्ता अनधिकृत गतिविधिबारे अमेरिकी होमल्यान्ड सेक्युरिटी र नेपालस्थित अमेरिकी दूतावासलाई औपचारिक जानकारी गराइने पनि परिषद्ले जनाएको छ।

हेर्नुहोस विज्ञप्ती

NRNA-America-Press-Release-1767930047.jpeg


गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई कुनै पनि कार्यक्रममा आमन्त्रण नगरेको स्पष्ट पारिरहँदा मन्त्री गुप्ताको अमेरिका भ्रमण भने मन्त्रिपरिषद्बाट स्वीकृत भइसकेको छ।

मन्त्रिपरिषद्को पुस २१ गते बसेको बैठकले मन्त्री गुप्ताको माघ ३ गते हुने अमेरिका भ्रमण स्वीकृत गरेको हो।

हेर्नुहोस मन्त्रिपरिषद्को पुस २१ गतेको निर्णय । 
cabinet-Decision-Regarding-Bablu-1767930047.jpeg
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार