NL न्यूज
इरानको राजधानी तेहरानमा बिहीबार राति सरकारविरोधी प्रदर्शन चर्किएको छ। निर्वासित युवराज रेजा पहलवीको अपिलपछि सुरु भएको प्रदर्शनसँगै सरकारले इन्टरनेट र फोन सेवा बन्द गरेको छ।
प्रदर्शनकारीहरूले घरका छत र सडकमा उत्रिएर नाराबाजी गरेका थिए। प्रत्यक्षदर्शीका अनुसार प्रदर्शन सुरु हुनासाथ देशको बाह्य संसारसँगको सम्पर्क लगभग विच्छेद भएको छ।
देशभर फैलिएको आन्दोलनमा हालसम्म ३९ जनाको मृत्यु भएको छ भने २ हजार २६० भन्दा बढी पक्राउ परेका छन्। राजधानीसहित विभिन्न सहरमा बजार बन्द गरिएका छन्।
बढ्दो आर्थिक संकट, महँगी र बेरोजगारी विरोधको मुख्य कारण मानिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रदर्शनकारीमाथि हिंसा भए चुप नबस्ने चेतावनी दिएका छन्।
प्रकाशित मिति:
शुक्रबार, पुस २५, २०८२
०९:०१
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
आइतबार, माघ १८, २०८२
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार, माघ १८, २०८२
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
आइतबार, माघ १८, २०८२
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
आइतबार, माघ १८, २०८२
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन
आइतबार, माघ १८, २०८२
धरानदेखि काठमाडौँ प्रवेश गर्यो हर्क साम्पाङ को श्रमदान (तस्बिरहरु)
आइतबार, माघ १८, २०८२
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्