Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

१० हजार रुपैयाँ तिरेर दलहरुले मतदाता नामावली किन्न सक्ने

काठमाडौं ।  निर्वाचन आयोगले निश्चित शुल्क लिएर राजनीतिक दललाई देशभरका मतदाताको नामावली उपलब्ध गराउने व्यवस्था गरेको छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका अनुसार देशभरको मतदाता नामावली लिन दलले १० हजार रुपैयाँ तिर्नुपर्नेछ भने एउटा प्रदेशको विवरणका लागि पाँच हजार रुपैयाँ शुल्क लाग्नेछ। विवरण निर्वाचन प्रयोजनका लागि दर्ता भएका दललाई औपचारिक पत्रका आधारमा उपलब्ध गराइने आयोगले जनाएको छ।

आयोगले मतदाताको जन्ममिति, नागरिकता नम्बर र मोबाइल नम्बरबाहेकका विवरण विद्युतीय रूपमा हार्डड्राइभ वा पेनड्राइभमार्फत उपलब्ध गराउनेछ।

फोटोसहितको मतदाता नामावली सम्बन्धित मतदाताले मात्र हेर्न पाउनेछन् भने फोटोबाहेकको नामावली सबैले हेर्न सक्नेछन्। साथै, कुनै मतदाताले आफ्नो मात्र विवरण समेटिएको नामावली चाहेको खण्डमा १० हजार रुपैयाँ शुल्क तिरेर लिन सक्ने व्यवस्था गरिएको छ। तर जन्ममिति, नागरिकता र मोबाइल नम्बर भने दिइने छैन।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार