NL न्यूज
शेखर कोइरालाको देउवालाई सन्देश
यही प्रश्न बोकेर डा. शेखर कोइराला महाराजगञ्ज पुगे। भेटको एजेन्डा न पद थियो, न कुर्सी। एजेन्डा थियो— एकता।
“म कोइराला हुँ, पार्टी फुटेको हेर्न सक्दिन,” भन्ने वाक्य भावनात्मक मात्र होइन, कांग्रेसको इतिहाससँग गाँसिएको चेतावनी थियो। विभाजनको घाउ देउवाले पनि भोगेकै हुन्, शेखरले सम्झाइरहनु परेन। तर सम्झाइदिए— फेरि त्यही गल्ती नदोहोर्याऔं।
भोलि म सभापति बन्छु कि बन्दिनँ, त्यसले खास अर्थ राख्दैन। कांग्रेस रहन्छ कि रहँदैन, त्यो निर्णायक हो।
महामन्त्रीद्वयले विशेष महाधिवेशन आह्वान गरिसकेको अवस्थामा “को सही, को गलत” भनेर टकराव बढाउनु भन्दा संवादमार्फत निकास खोज्न शेखरले देउवामाथि दबाब बढाए। भृकुटीमण्डपको विशेष महाधिवेशनलाई नै “संकल्प सभा” बनाएर एकताको मञ्च बनाउने सुझाव उनको थियो। तर कांग्रेसको राजनीति सुझावले मात्र चल्दैन, शक्ति सन्तुलनले चल्छ।
संस्थापन पक्ष काउन्टर दिने तयारीमा
उता संस्थापन समूहले भने विशेष महाधिवेशनलाई सिधै काउन्टर दिने तयारी थालेको छ। देउवानिवासमा बसेको बैठकले पार्टी कार्यालयमै कार्यक्रम गर्ने निर्णय गरिसकेको छ। २७ पुसमा तरुण दलको युवा भेला, २८ पुसमा जिल्ला सभापतिहरूको जमघट— सन्देश स्पष्ट छ: मैदान खाली छोडिँदैन।
एकातिर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वान, अर्कोतिर संस्थापनको संगठन शक्ति प्रदर्शन। कांग्रेसभित्रको द्वन्द्व अब बैठक कोठाबाट सडक र सभा हलतिर सर्दैछ। यही बीच शेखर कोइराला भने अझै संवादको ढोका बन्द नहोस् भन्ने पक्षमा छन्। देउवाले पनि “चिन्तित छु, सबैसँग संवाद गर्न तयार छु” भनेका छन्। तर कांग्रेसमा इतिहासले देखाएको छ— चिन्ता व्यक्त गर्नु र निर्णय लिनुबीच ठूलो दूरी हुन्छ।
अब प्रश्न एउटै छ— कांग्रेसले यो संकटलाई अवसरमा बदल्छ कि फेरि फुटको कथा दोहोरिन्छ ?
पुस २७ र २८ ले जवाफ दिनेछ। तर त्यो जवाफ कांग्रेसका लागि उपचार हुन्छ कि अर्को घाउ, त्यो भने नेतृत्वको परिपक्वतामा निर्भर छ।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्