Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

कुलमानलाई पहिलो गाँसमै ढुङ्गा, चर्चित नेतृले छोडिन् पार्टी

नेपाल लिड । कुलमान घिसिङको पार्टी उज्यालो नेपाल कि केन्द्रीय सदस्य विद्या श्रेष्ठ महर्जनले पार्टी परित्याग गरेकी छन् । विद्याको घोषणाले नेपथ्यमा बसेर बढो तामझामसहित पार्टी निर्माण गरेका बहालवाला मन्त्री घिसिङलाई पहिलो गाँसमै ढुङगा लागेको छ ।

हेटौँडामा सडक विस्तार गर्दा अन्यायपूर्वक तरिकाले डोजर चलाएको भन्दै श्रेष्ठले राजीनामा दिएकी हुन् । जन्मिन नपाउँदै केन्द्रीय सदस्यले पार्टी छोडेपछि कुलमानलाई ४२० को झड्का लागेको छ ।

श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा सटिक शव्द लेख्दै उनले राजीनामाको घोषणा गरिन् । उनले फेसबुकमा अरु अभियन्ता साथीहरू के गर्नुहुन्छ ? मेरो नैतिकताले दिएन भनेकी छन् ।

ज्यालो नेपाल पार्टीको ५१ सदस्य सूचीमा श्रेष्ठको नाम, ३२ औ नम्बरमा थियो । राजीनामा घोषणा गरेपछि पनि उनले सामाजिक सञ्जालमा धारावाहिक स्टाटसहरु लेखिरहेकी छन् । मन्त्री कुलमान घिसिङको राजीनामा माग गर्दै उनले सरकार एडीबी र एमसीसीले चलाएको आरोप समेत लगाइन् । 

हेर्नुहोस् भिडियोमा


 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार