NL न्यूज
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी प्रतिनिधि सभा निर्वाचनपछि पुनः कानून व्यवसायमा फर्किने बताएका छन्।
बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले हालको जिम्मेवारी पूरा भएपछि आफू पुरानै पेशामा फर्किने स्पष्ट पारे।
मानव अधिकारकर्मी तथा कानून व्यवसायीको सहभागिता रहेको कार्यक्रममा उनले भने, “म यहीँ फिल्डबाट गएको मान्छे हुँ, यहीँ नै फर्किने भनेको छु। म तपाईंहरूकै बीचमा छु।”
हाल सरकारको प्राथमिकता आगामी प्रतिनिधि सभा निर्वाचन भएको उल्लेख गर्दै उनले त्यसलाई सफल बनाउन सक्दो प्रयास गरिरहेको बताए। आफू कुनै पक्ष वा विपक्षमा नरहेको स्पष्ट पार्दै उनले कानून व्यवसायी र अधिकारकर्मीलाई सहयोग गर्न आग्रह गरे।
“अब धेरै समय छैन, करिब दुई महिना मात्र बाँकी छ,” भन्दै उनले थपे, “त्यसपछि हामी फेरि सँगै हुनेछौँ।”
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्