Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

अन्तरिम सरकारले केही गरेन भन्ने भाष्य गलत : गृहमन्त्री अर्याल

काठमाडौं ।  अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले अन्तरिम सरकारले केही पनि नगरेको भन्ने धारणा गलत भएको भन्दै त्यसप्रति आपत्ति जनाएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले परिवर्तनलाई स्वीकार नगरे द्वन्द्व दोहोरिन सक्ने चेतावनी दिँदै अन्तरिम सरकारले द्वन्द्व नदोहोरिने सुनिश्चितता गरेको दाबी गरे।

आफू गृहमन्त्री बनेपछि देशमा थप हिंसा हुन नदिएको, आगजनीका घटनामा नियन्त्रण भएको र राजनीतिक प्रकृतिका हत्या रोकिएको उल्लेख गर्दै उनले भने, “गृहमन्त्री आएपछि हिंसा भएन, आगजनी रोकियो, मान्छे मर्न छोड्यो।”

सरकारले केही गरेन भन्ने भाष्यमा विश्वास नगर्न आग्रह गर्दै उनले विधिको शासन मिचेर गरिने कुनै पनि काम सुशासन नहुने स्पष्ट पारे। उनका अनुसार विधिको शासनअनुसार कारबाही गर्नु नै सुशासनको मूल आधार हो।

“परिवर्तनलाई स्वीकार गरे मात्र द्वन्द्व दोहोरिँदैन,” भन्दै मन्त्री अर्यालले अन्तरिम सरकारले सोही दिशामा काम गरिरहेको बताए।

यसै क्रममा उनले जेन–जी पुस्ताले उठाएका एजेन्डाहरू नै अन्तरिम सरकारको मार्गचित्र (रोडम्याप) भएको पनि उल्लेख गरे।

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार