NL न्यूज
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले प्रस्तावित विशेष महाधिवेशनलाई लक्षित गर्दै छुट्टै काउन्टर रणनीति अघि सारेको छ। संस्थापन पक्षले पुस २७ गते युवा भेला र पुस २८ गते जिल्ला सभापतिहरूको भेला आयोजना गर्ने तयारी गरेको हो।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवास महाराजगञ्जमा बिहीबार बिहान भएको छलफलपछि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेकै मितिमा यी भेला गर्न लागिएको हो।
कांग्रेस केन्द्रीय सदस्य जीतजंग बस्नेतका अनुसार पुस २७ गते युवा र पुस २८ गते जिल्ला सभापतिहरूको भेला पार्टी कार्यालय सानेपामा आयोजना गरिनेछ।
उनका अनुसार युवा भेलाको संयोजन तरुण दलका अध्यक्ष विद्वान गुरुङले गर्नेछन् भने जिल्ला सभापतिहरूको भेलाको नेतृत्व भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाले गर्नेछन्।
यसअघि पार्टीले आगामी वैशाख २८ देखि ३१ गतेसम्म १५ औँ महाधिवेशन गर्ने निर्णय गरेपछि महामन्त्रीद्वय थापा र शर्माले पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गर्ने घोषणा गरेका थिए।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्