Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि ८० हजार सैनिक परिचालन हुने

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली सेनाले करिब ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ।

नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता राजाराम बस्नेतका अनुसार  निर्वाचन प्रक्रियामा नेपाली सेनाले तीन चरणमा भूमिका निर्वाह गर्नेछ।

निर्वाचनपूर्व चरणमा मतपत्र छपाइको सुरक्षा, विमानस्थल, कारागारलगायत संवेदनशील तथा महत्त्वपूर्ण संरचनाको सुरक्षा जिम्मेवारी सेनाले लिनेछ।

निर्वाचन अवधिभर सेनाले चारवटै सुरक्षा निकाय र जिल्ला प्रशासनसँग मिलेर तल्लो तहसम्म एकीकृत तालिम तथा अभ्यास सञ्चालन गर्ने जनाएको छ।

मतदानका दिन नेपाली सेना निर्वाचन स्थल तथा केन्द्रमा तेस्रो घेरामा परिचालित भई राजनीतिक दल, उम्मेदवार, मतदाता तथा निर्वाचनमा खटिएका कर्मचारीको सुरक्षालाई सुनिश्चित गर्नेछ।

निर्वाचनका लागि तयार गरिएको एकीकृत सुरक्षा योजना–२०८२ सरकारले अनुमोदन गरिसकेको छ भने राष्ट्रपतिबाट समेत स्वीकृति प्राप्त भइसकेको छ। त्यस्तै सेना परिचालनसम्बन्धी प्रस्ताव राष्ट्रिय सुरक्षा परिषद्बाट पनि स्वीकृत भइसकेको छ । 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार