Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

जहरसिंहपौवा–साँखु सडकमा बस दुर्घटना : मृतकको संख्या ५ पुग्यो

काठमाडौं । काठमाडौंको जहरसिंहपौवा–साँखु सडकखण्डमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ भने २३ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

बा ४ ख ८७८८ नम्बरको बस बुधबार साँझ दुर्घटनामा परेको हो। दुर्घटनामा तीन महिला र दुई पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवन भट्टराईका अनुसार गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी निवासी अन्दाजी ५५/६० वर्षीय अर्जुन लामिछानेको उपचारका क्रममा गएराति साढे १२ बजे मृत्यु भएपछि मृतक संख्या पाँच पुगेको हो।

यसअघि दुर्घटनामा बाँकेको कोहलपुर नगरपालिका–५ घर भई हाल बुढानीलकण्ठ बस्दै आएकी ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ पाथीभरा–५ घर भई बुढानीलकण्ठ नगरपालिका–७ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बु, सिराहा घर भई हाल पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ति गुप्ता तथा पाँचथर घर भई हाल गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बुको मृत्यु भइसकेको थियो।

नेचर हाउस एन्ड हर्ब इन्टरनेशनल कम्पनीबाट पिकनिकमा गएर फर्किने क्रममा उनीहरू सवार बस दुर्घटनामा परेको बताइएको छ। 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार