NL न्यूज
काठमाडौं । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै म्यादी प्रहरी भर्ना प्रक्रिया अघि बढाएको छ। निर्वाचन सुरक्षाका लागि एक लाख ३३ हजार ९ सय ८० जना निर्वाचन प्रहरी खटाइने भएको हो।
नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपाल कार्यविधि–२०८२ अनुसार भर्ना गर्न लागिएको नेपाल प्रहरीले जनाएको छ। म्यादी प्रहरीमा सहभागी हुन चाहने इच्छुक नेपाली नागरिकले माघ १० गतेभित्र आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
यस भर्नामा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा नेपाली सेनाबाट अवकाश प्राप्त व्यक्तिहरू पनि सहभागी हुन पाउनेछन्। त्यस्तै, २०८२ पुससम्म सेना, प्रहरी तथा सशस्त्र प्रहरीमा आवेदन दिएका व्यक्तिहरूलाई प्राथमिकतामा राखिनेछ।
यसअघि सम्पन्न निर्वाचनहरूमा म्यादी प्रहरीका रूपमा सेवा गरेका तथा विदेशी फौजमा काम गरिसकेका व्यक्तिहरूलाई समेत विशेष प्राथमिकता दिइने उल्लेख छ।
शारीरिक मापदण्डअनुसार पुरुष उम्मेदवारको उचाइ कम्तीमा ५ फिट र महिला उम्मेदवारको उचाइ कम्तीमा ४ फिट १० इन्च हुनुपर्नेछ। साथै, महिला उम्मेदवार गर्भवती नभएको हुनुपर्ने शर्त पनि राखिएको छ।
नेपाल प्रहरीका अनुसार माघ ९ गतेभित्र आवेदनकर्तामध्येबाट छनोट प्रक्रिया सम्पन्न गरिनेछ भने छनोट भएका म्यादी प्रहरीलाई माघ १५ गतेदेखि प्रशिक्षण प्रदान गरिनेछ।

सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्