NL न्यूज
काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएकाहरुमाथि आज उजुरी दिन सकिने भएको छ।
निर्वाचन आयोगका अनुसार उम्मेदवारी दर्ता भइसकेकाले आज उजुरी दर्ताको समय तोकिएको हो।
हिजो सातै प्रदेशका राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमार्फत उम्मेदवारी दर्ता गरिएको थियो। ती उम्मेदवारीमाथि परेका उजुरी र मनोनयनपत्रको जाँचबुझ पुस २५ र २६ गते गरिने आयोगले जनाएको छ। जाँचबुझपछि योग्य उम्मेदवारको नामावली सार्वजनिक गरिनेछ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिन सक्नेछन् भने सोही दिन उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ। त्यसपछि पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
राष्ट्रियसभाका १८ सिटका लागि ४४ जनाले उम्मेदवारी दिएका छन्। ती सिटका लागि माघ ११ गते निर्वाचन हुने भएको छ।
प्रकाशित मिति:
बिहीबार, पुस २४, २०८२
०८:१९
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
आइतबार, माघ १८, २०८२
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार, माघ १८, २०८२
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
आइतबार, माघ १८, २०८२
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
आइतबार, माघ १८, २०८२
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन
आइतबार, माघ १८, २०८२
धरानदेखि काठमाडौँ प्रवेश गर्यो हर्क साम्पाङ को श्रमदान (तस्बिरहरु)
आइतबार, माघ १८, २०८२
थप समाचार
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२
शुक्रबार, फागुन २२, २०८२





प्रतिक्रिया दिनुहोस्