NL न्यूज
काठमाडौँ । अमेरिकाको विदेश मन्त्रालयले केही देशका नागरिकलाई पर्यटन र व्यवसाय भिसा लिँदा अनिवार्य रूपमा भिसा बन्ड राख्नुपर्ने व्यवस्था लागू गर्ने सूचीमा नेपाललाई पनि राखेको छ ।
अब नेपालीले पर्यटन र व्यवसाय भिसामा अमेरिका जाँदा ५ देखि १५ हजार अमेरिकी डलर धरौटी राख्नुपर्ने छ ।
अमेरिकाको विदेश मन्त्रालयले केही देशका नागरिकलाई B1/B2 (पर्यटन/व्यवसाय) भिसा लिँदा अनिवार्य रूपमा भिसा बन्ड राख्नुपर्ने व्यवस्था लागू गर्ने सूची सार्वजनिक गरेको हो । यो कार्यक्रम अन्तर्गत नेपालसहित ४० भन्दा बढी देशका नागरिक प्रभावित हुनेछन् ।
नेपालका नागरिकका लागि सन् २०२६ जनवरी २१ देखि भिसा बन्ड व्यवस्था लागू हुनेछ ।
भिसा बन्ड के हो ?
अमेरिकाले भिसा ओभरस्टे (तोकेको समयभन्दा बढी बस्ने) दर उच्च रहेका देशका नागरिकका लागि यो व्यवस्था लागू गरेको हो । यदि कुनै आवेदक अन्य सबै हिसाबले B1/B2 भिसाका लागि योग्य ठहरिए पनि, ५ हजार, १० हजार वा १५ हजार अमेरिकी डलर बराबरको बन्ड राख्नुपर्नेछ। बन्डको रकम कति हुने भन्ने निर्णय भिसा अन्तर्वार्ताकै समयमा कन्सुलर अफिसरले गर्नेछन्।
प्रक्रिया कस्तो हुन्छ ?
- कन्सुलर अफिसरको निर्देशनपछि मात्र DHS Form I-352 बुझाउन पाइने
- भुक्तानी अमेरिकी सरकारको Pay.gov प्रणालीबाट मात्र गर्नुपर्ने
- तेस्रो पक्ष वेबसाइट प्रयोग गरेमा पैसा सुरक्षित नहुने चेतावनी
- बन्ड राख्दैमा भिसा पाइन्छ भन्ने ग्यारेन्टी नहुने
- निर्देशनबिनै पैसा तिरेमा फिर्ता नहुने
अनिवार्य प्रवेश–निर्गमन विमानस्थल
भिसा बन्ड राखेर अमेरिका जानेले तोकिने तीन विमानस्थल बाट मात्र अमेरिका प्रवेश र प्रस्थान गर्नुपर्नेछ :
Boston Logan International Airport (BOS)
John F. Kennedy International Airport (JFK)
Washington Dulles International Airport (IAD)
बन्ड कहिले फिर्ता हुन्छ ?
तलका अवस्थामध्ये कुनै एक पूरा भएमा बन्ड रकम स्वचालित रूपमा फिर्ता हुन्छः
- तोकिएको म्यादभित्र अमेरिका छाडेमा
- भिसाको म्याद सकिनुअघि अमेरिका नै नगएमा
- अमेरिकाको विमानस्थलमा प्रवेश अनुमति नपाएर फर्किनुपरेमा
तलका अवस्थामा बन्ड उल्लङ्घन मानिन्छ र रकम जफत हुन सक्छः
- तोकिएको समयभन्दा ढिलो अमेरिका छाडेमा
- अवैध रूपमा अमेरिका बसेमा
- गैरआप्रवासी भिसाबाट आश्रय (asylum) वा स्टाटस परिवर्तन का लागि आवेदन दिएमा
यो निर्णयसँगै अब नेपाली नागरिकका लागि पर्यटन, पारिवारिक भेटघाट र छोटो व्यवसायिक यात्रामा जानेहरू प्रत्यक्ष प्रभावित हुनेछन् ।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्