Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

खोला मापदण्ड विरोधः पीडितहरूको आन्दोलन जारी (तस्बिरसहित)

काठमाडौं । काठमाडौं  उपत्यकाका खोला तथा नदी किनारको मापदण्डसम्बन्धी सर्वोच्च अदालतको फैसलाविरुद्ध पीडितहरूको विरोध निरन्तर जारी छ । 

गैरन्यायिक खोला तथा सडक मापदण्ड पीडित संघर्ष समितिले मुद्दालाई अग्राधिकार दिएर छिटो निर्णय गर्न माग गर्दै बुधवार काठमाडौंमा विरोध प्रदर्शन गरेको हो । 
Khola-Pidit-Aandolan-(2)-1767775101.png


सरकारले २०६५ सालमा वागमती, विष्णुमती र मनोहरा नदीमा २० मिटर, धोबीखोलामा ९ मिटर, नक्खुमा १२ मिटर तथा अन्य खोलामा ४–१० मिटरसम्म मापदण्ड तोकेको थियो ।
Khola-Pidit-Aandolan-(3)-1767775104.png

त्यसैअनुसार धेरैले जग्गा छोडेर घर निर्माण गरेका थिए । तर सर्वोच्च अदालतले २०८० पुस ३ गते थप २० मिटर (कुल ४० मिटरसम्म) क्षेत्रमा संरचना बनाउन निषेध गर्ने फैसला गरेको थियो । यसले उपत्यकाका १९ वटा खोलामा ८४ हजारभन्दा बढी घरधुरी प्रभावित हुने अनुमान छ । 
Khola-Pidit-Aandolan-(4)-1767775105.png

पीडितहरूले यो फैसलालाई गैरन्यायिक भन्दै जग्गाको मूल्य शुन्य हुने र हजारौँ परिवार विस्थापित हुने त्रास व्यक्त गरेका छन् । काठमाडौं महानगरपालिकालगायत स्थानीय तहले पनि फैसला कार्यान्वयनमा कडाइ गरेपछि विरोध चर्किएको हो । 

Khola-Pidit-Aandolan-(5)-1767775107.png

Khola-Pidit-Aandolan-(6)-1767775108.png

Khola-Pidit-Aandolan-(7)-1767775110.png

Khola-Pidit-Aandolan-(8)-1767775112.png

Khola-Pidit-Aandolan-(9)-1767775114.png

Khola-Pidit-Aandolan-(10)-1767775115.png

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार