NL न्यूज
काठमाडौं । आगामी माघ ११ गते राष्ट्रियसभाको रिक्त १८ सिटका लागि हुने निर्वाचनमा प्रमुख तीन दलबीच सिट बाँडफाँडमा अझै सहमति जुट्न सकेको छैन । नेपाली कम्युनिष्ट पार्टी नेकपाले चार सिटको अडान कायमै राख्दा नेपाली कांग्रेस र नेकपा एमालेसंग सहमति जुट्न नसकेको हो ।
आगामी माघ ११ गते हुने निर्वाचनको लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । तर, कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच अझैसम्म पनि सिट बाँडफाँडमा सहमति जुटिनसकेको नेताहरुले बताएका छन्।
कांग्रेस र एमालेले आफ्नो मतभार भन्दा कम सिट दिने तयारी गरेकाले राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस एमालेसँग गठबन्धन हुने सम्भावना कमजोर बन्दै गएको नेकपाका नेता हरिबोल गजुरेलले बताए ।
नेकपा गठबन्धनमा सहभागि नभए कांग्रेस र एमालेबीच मात्रै सिट बाँडफाँटको प्रयासमा दुई दलका नेता लागेका छन् ।
निर्वाचनका लागि आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ताको समय छुट्याइएको छ ।
एमालेले राष्ट्रिय सभाका ६ जना उम्मेदवारसमेत छानिसकेको छ । तर, अन्य दलले भने अझै उम्मेदवार टुंग्याइसकेका छैनन्।
निर्वाचन आयोगले राष्ट्रिय जनगणना, २०७८ अनुसार सार्वजनिक गरेको मतभारमा कांग्रेस सबैभन्दा अगाडि छ । उसको मतभार २१ हजारभन्दा बढी छ ।
त्यसैगरि एमालेको मतभार १७ हजारभन्दा बढी र नेकपाको १२ हजारभन्दा बढी मतभार छ ।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्