NL न्यूज
भेनेजुएलामाथि हालै भएको अमेरिकी सैन्य आक्रमणको विरोधमा अस्ट्रेलिया र अर्जेन्टिनामा प्रदर्शन भएको छ ।
भेनेजुएलामाथि हालै भएको अमेरिकी सैन्य आक्रमणको विरोधमा अस्ट्रेलियाभर प्रदर्शन शुरु भएको छ । सिड्नी, मेलबर्न र क्यानबेरा जस्ता प्रमुख शहरहरूमा भेला भएका हजारौं प्रदर्शनकारीहरूले अमेरिकी सैन्य हस्तक्षेपको निन्दा गरेका छन् ।
उनीहरूले अमेरिकी कदमलाई अन्तर्राष्ट्रिय कानूनको उल्लंघन र एक सार्वभौम राष्ट्रमाथिको अनावश्यक हस्तक्षेप भएको बताएका छन् । अधिकारकर्मीहरूले यो आक्रमणले दक्षिण अमेरिकी क्षेत्रमा थप अस्थिरता र मानवीय संकट पैदा गर्ने चेतावनी दिएका छन् ।
यसैबीच, अस्ट्रेलियाली सरकारलाई पनि अमेरिकी सैन्य गतिविधिलाई समर्थन नगर्न र कुटनीतिक समाधानका लागि पहल गर्न प्रदर्शनकारीहरूले दबाब दिएका छन् ।
उता, अर्जेन्टिनी प्रदर्शनकारीहरूले पनि भेनेजुएलामा भएको अमेरिकी सैन्य हस्तक्षेप र राष्ट्रपति मादुरोको गिरफ्तारीको विरोधमा प्रदर्शन गरेका छन् ।
ब्युनस आयर्सस्थित अमेरिकी दूतावास बाहिर आयोजित एक विरोध प्रदर्शनका क्रममा अर्जेन्टिनी नागरिकहरूले भेनेजुएलाप्रति ऐक्यवद्धता जनाएका छन् । 
प्रदर्शनकारीहरूले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्न नेतृत्व गर्ने अमेरिकी सैन्य अभियानको निन्दा गरेका छन् ।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्