NL न्यूज
काठमाडौं । नेकपा एमालेले मधेश प्रदेशमा बाहेक राष्ट्रिय सभामा उम्मेदवार टुंगो लगाएको छ ।
एमालेले लुम्बिनीमा रामकुमारी झाँक्रीलाई उम्मेदवार बनाउने भएको छ । झाँक्री एकीकृत समाजवादीबाट माओवादीसँगको एकता प्रक्रियामा समाहित नभइ एमालेमा फर्किएकी थिइन् । २०७९ सालमा प्रतिनिधिसभा सदस्य बनेकी झाँक्री गत महाधिवेशनबाट एमालेको केन्द्रीय सदस्य निर्वाचित भएकी हुन् ।
त्यस्तै एमालेले कोशी प्रदेशमा रोशनी मेचेलाई उम्मेदवार बनाउने भएको छ । मेचे यसअघि एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा उनको सचिवालयमा थिइन् ।
बागमतीमा डा प्रेम दंगाल उम्मेदवार बन्ने भएका हुन् । २०४८ साल यता एमालेमा निरन्तर क्रियाशील दंगाल किसान महासंघका अध्यक्ष समेत भइसकेका छन् ।
एमालेले गण्डकीमा सम्झना देवकोटालाई उम्मेदवार बनाउने भएको छ । देवकोटा केन्द्रीय पार्टी संगठन विभागको सचिव पनि रहिसकेकी छन् । उनी स्थानीय तह निर्वाचनमा गोरखाको उपमेयरमा पराजित भएकी थिइन् ।
त्यस्तै एमालेले कर्णालीमा मीना रखाल र सुदूरपश्चिममा लीला भण्डारीलाई उम्मेदवार बनाउन लागेको हो ।
एमाले केन्द्रीय सदस्य रखाल २०७४ सालमा कर्णाली प्रदेश सभा सदस्य थिइन् । सुदूरपश्चिमबाट उम्मेदवार बन्न लागेकी लीला भण्डारी पूर्व माओवादी पृष्ठभूमिकी हुन् ।
मधेश प्रदेशमा भने उम्मेदवारको नाम टुंगिन बाँकी रहेको छ ।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्