Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

काठमाडौंका मेयर बालेन शाहले जाँचबुझ आयोगलाई बुझाए लिखित जवाफ

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले भदौ २३ र २४ गते घटना सम्बन्धी जाँचबुझ आयोगलाई लिखित जबाफ बुझाएका छन् ।

आयोगले प्रश्नहरू पठाएपछि शाहले पनि लिखित जबाफ पेस गरेको आयोग प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिएका छन् ।
आयोगले घटनासंग सम्बन्धितहरुको बयान लिने काम लगभग सकाएको छ । 

आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, पूर्वप्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, आइजिपी दानबहादुर कार्की, सशस्त्र प्रहरीका आइजिपी राजु अर्याल लगायत १५० जना भन्दा बढी व्यक्तिहरूको बयान लिएको छ ।
 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार