NL न्यूज
काठमाडौं । नेकपा एमालेले अमेरिकाले भेनेजुएलामा गरेको व्यवहारकोप्रति आपत्ति जनाएको छ ।
एमालेको मंगलवार बसेको सचिवालय बैठकले हालै अमेरिकाले भेनेजुएलामा अपनाएको व्यवहारको विरोध गर्दै संयुक्त राष्ट्रसंघको वडापत्रको उल्लंघन हुने कुनैपनि कार्य नर्गन आग्रह गरेको हो ।
एमाले उपमहासचिव लेखराज भट्टले अमेरिकाले भेनेजुएलामा अपनाएको व्यवहार अन्तर्राष्ट्रिय कानून र विश्व न्यायिक दृष्टिकोणबाट स्वीकार्य नरहेको बताएका छन् । । स्थायी विश्व शान्तिको पक्षमा नेपाल रहेको उल्लेख गर्दै उनले सबै राष्ट्रहरू एउटै मूल्य र मान्यताका आधारमा अघि बढ्न एमालेले आग्रह गर्ने निर्णय गरेको जानकारी दिए ।
सबै देशको सार्वभौमिकता र अखण्डताको सम्मान गर्नुपर्नेमा एमाले स्पष्ट रहेको उनको भनाइ थियो ।
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई हालै अमेरिकाले शैन्य पक्राउ गरी अमेरिकी अदालतमा पेश गरेको छ । उक्त घटनाप्रति एमालले विरोध जनाएको हो । एमालेले अन्तर्राष्ट्रिय समुदायलाई विश्व व्यवस्थातर्फ फर्कन आह्वान समेत गरेको छ ।
उनले भने , ‘हामी सदैव स्थायी विश्व शान्तिको पक्षमा छौँ । हामी एउटा मूल्यमा चल्नुपर्छ, संयुक्त राष्ट्रसंघको वडापत्रका आधारमा चल्नुपर्छ । मुलुकको सार्वभौमिकता, अखण्डताको सम्मान गर्नुपर्छ । अमेरिकाद्वारा भेनेजुएलामा भएको व्यवहार र विश्व न्यायिक दृष्टिकोणले हेर्दा कदापी स्वीकार्य हुन सक्दैन । यस्तो घटनाको हामी विरोध गर्दछौँ । विश्व व्यवस्थातर्फ फर्कन हामी आह्वान गर्दछौँ ।’
एमालेले जनकपुर र वीरगन्जमा भएको सामाजिक सद्भाव खलबलाउने घटनाप्रति पनि गम्भीर ध्यानाकार्षण भएको जनाएको छ । द्वन्द्व भड्काउने काम नगर्न र सामाजिक सद्भाव कायम राख्न एमालेले आग्रह गरेको छ ।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्