NL न्यूज
वीरगञ्ज । धार्मिक सद्भाव भड्किन नदिन वीरगञ्जमा जारी कर्फ्यू समय थप गरिएको छ ।
एक सूचना जारी गर्दै प्रशासनले आज साँझ ६ बजेसम्म कर्फ्यू रहने जानकारी गराएको छ । आज दिउँसो १ बजेसम्मका लागि लागु गरिएको कर्फ्यू अवधि बेलुका ६ बजेसम्म निरन्तरता दिएको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको विज्ञप्तिमा कर्फ्यू आदेश उल्लङ्घन गर्नेहरूविरुद्ध कडा कदम चालिने स्पष्ट गरिएको छ ।
आवश्यक परे सुरक्षाकर्मीलाई गोली चलाउन समेत अधिकार दिइएको उल्लेख गर्दै प्रशासनले सर्वसाधारणलाई संयमित रहन र आदेशको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।
वीरगन्ज महानगरको पूर्वमा बसपार्क, नगवा, इनर्वा, पश्चिममा सिर्सिया पुल, दक्षिणमा शंकराचार्य गेट र उतरमा गण्डक चोकसम्म कर्फ्यू लगाइएको छ ।

सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्