NL न्यूज
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले आज मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् ।
गठबन्धनमा रहेका कांग्रेस र एमालेले आफ्ना मन्त्रीहरूलाई फिर्ता गर्दै नयाँ अनुहार पठाउने समझदारी भएको बताइएको छ ।
सबै बहालवाला मन्त्री फिर्ता बोलाएर नयाँ नियुक्ति गर्न कांग्रेस संसदीय दलका नेता उद्धव थापा र मुख्यमन्त्री कार्कीबीच सहमति भइसकेको र आजै बेलुकासम्ममा मन्त्रिमण्डल पुनर्गठन हुने बताइएको छ ।
स्रोतका अनुसार एमालेबाट सरकारमा जाने नयाँ अनुहारमा विदुर लिङथेप, इन्द्रमणि पराजुली, रामप्रसाद महतो र उमाकान्त गौतम रहेका छन् ।
त्यस्तै कांग्रेसबाट प्रदीप सुनुवार, , भीम पराजुली ,मानबहादुर लिम्बु , शोभा चेम्जोङ र इस्राइल मन्सुरी मन्त्री बन्ने भएका छन् ।
सम्बन्धित समाचार
इरान–अमेरिका तनाव बढेपछि नेपालले जारी गर्यो ‘ट्राभल एडभाइजरी’ इरान भ्रमण नगर्न आग्रह
नेपाल पुनर्बिमा कम्पनीका अध्यक्ष सुरेन्द्रकुमार पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर
प्रहरीको साइबर ब्युरो रहेको भोटाहिटीस्थित भवन काठमाडौं महानगरलाई दिन गृह मन्त्रालयले दियो सहमति
माधव नेपालसहित ९३ प्रतिवादी रहेको पतञ्जली जग्गा प्रकरणमा साक्षी बुझ्ने आदेश
अछामबाट अचेत अवस्थामा उद्धार गरिएका पत्रकार दिनेशको ग्राण्डीमा निधन





प्रतिक्रिया दिनुहोस्