Nepal Lead | नेपाल लिड | Voice of all Generations

NL न्यूज

कोलम्बियाली राष्ट्रपतिलाई पदबाट हटाउने डोनाल्ड ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोलाई पदबाट हटाइने चेतावनी दिएका छन् ।

ट्रम्पले कोलम्बियाली नेतृत्वलाई लागुऔषध तस्करीमा संलग्न रहेको आरोप लगाउँदै क्षेत्रीय सुरक्षाको विषय उठाएका छन् । पेट्रोले धेरै समयसम्म लागुऔषध तस्करी गर्न नपाउने ट्रम्पको भनाई थियो ।

कोलम्बियाविरुद्ध अमेरिकी सैन्य कारबाहीको सम्भावनाबारे सोधिएको प्रश्नमा ट्रम्पले आफूलाई ठिक लागेको प्रतिक्रिया दिएका छन् । पेट्रोले शनिवार भेनेजुएलामाथि भएको अमेरिकी आक्रमणको विषयमा छलफल गर्न अमेरिकी राज्यहरूको संगठन र संयुक्त राष्ट्र संघको आकस्मिक बैठकको आह्वान गरेका थिए । 

गत महिना एक अन्तर्वार्तामा ट्रम्पले मेक्सिको र कोलम्बिया लगायत अन्य देशकाविरुद्ध सैन्य कारबाही विस्तार गर्ने विचार गर्ने बताएका थिए । 

Watch On

प्रकाशित मिति:

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

थप समाचार